Massage From Chairman
२५ वर्ष पार गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङ र डिचेन डोङ्गलाप्रति…
राजकुमार गुरुङ
नेपाल नेत्रज्योति संघको परिचय:
नेपाल नेत्रज्योति संघ नेपालको आँखा स्वास्थ्य क्षेत्रमा देशका ९० प्रतिशत जनसंख्यालाई आँखा स्वास्थ्य सेवा पु¥याउन स्थापित विशुद्ध सामाजिक संस्था हो । नेत्रज्योति संघ विक्रम् सम्वत २०३५ साल चैत १३ गते सीमित स्रोत, सधान र जनशक्तिबाट सेवा आरम्भ भएको थियो । यस अन्तर्गत आँखा सेवा पु¥याउने उद्देश्यका साथ ताप्लेजुङ जिल्लामा २०५५ सालमा श्री सूर्यमान गुरुङको संयोजकत्वमा नेपाल नेत्रज्योति संघको जिल्ला शाखा तर्दथ समिति र पछि औपचारिक समिति गठन भएको अभिलेखमा उल्लेख छ । त्यही समयबाट डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रको प्रारम्भ भएको थियो ।
उपचार केन्द्रको नाम कसरी रहयो डिचेन डोङ्गला :
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्म सन् १९६४ मा भएको थियो । अध्ययनको सिलसिलामा अष्ट्रेलिया पुगेका वेला सन् १९९१ मा डिचेनको उतै मृत्यु भयो । डिचेनका परिवार, आफन्त र साथीभाइले आर्थिक सहयोग सङ्कलन गरी उहाँको जन्मस्थलमै आँखा स्वास्थ्य क्षेत्र जस्तो पवित्र कार्य अघि बढाउन
सहयोग गरेवापत ताप्लेजुङको फुङलिङमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाले सञ्चालन गर्ने आँखा उपचार केन्द्रको नाम उहाँको स्मरणमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र कायम भई सञ्चालनमा रहेको छ ।
अहिलेसम्मका उपलब्धि:
नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले २५ औं बसन्त पार गर्दै गर्दा यो अवधिमा आँखा स्वास्थ्य क्षेत्रमा थुप्रै काम भएका छन् । अहिलेसम्ममा ९० हजार २ सय १३ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको छ । यसका अलवा निःशुल्क शल्यक्रिया सहितको शिविरमार्फत २१ हजार ८ सय २७ जनाको आँखाको परीक्षण तथा २३ हजार ८६ जनाको मोतियाविन्दुको आँखाको शल्यक्रिया भएको छ । स्कुल स्क्रिनिङका माध्यमबाट १ लाख ७ हजार ३५ जना विद्यार्थीको परीक्षण तथा उपचार गरिएको छ । आँखा स्वास्थ्यको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि समेत सामेल गराई आँखा स्वास्थ्य सचेतना कार्यक्रम गर्ने गरिएको छ । फुङलिङमा मात्र केन्द्रित आँखा उपचार केन्द्रको क्षेत्र विस्तार गर्ने उद्देश्यका साथ स्थानीय तहसँगको आर्थिक साझेदारीमा ताप्लेजुङको मेरिङदेन र आठराई त्रिवेणीको सङ्गमस्थल दोभानमा दोभान आँखा उपचार केन्द्र, पाँचथरको यासोक स्थित कुम्मायकमा कुम्मायक आँखा उपचार केन्द्र र
पाँचथरकै थर्पुमा याङ्वरक आँखा उपचार केन्द्र समेत सञ्चालनमा आएका छन् । नेपाल नेत्रज्योति संघको शाखा नभएको पाँचथरमा समेत नेत्रज्योति संघको समन्वयमा आँखा उपचार सेवा विस्तार हुँदा छिमेकी जिल्लाका नागरिक समेत लाभान्वित हुने हाम्रो विश्वास छ ।
आगामी लक्ष्य ः
सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा अपूरो रहेको अथिति गृह निर्माण
कार्य पूरा गर्ने,
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई सेकेण्डरी आँखा अस्पतालको रूपमा स्तरोन्नति गर्ने,
जनशक्ति तथा उपकरण थप गर्ने,
सेकेन्डरी अस्पतालमा स्तरोन्नति नहुञ्जेलसम्मका लागि अपूरो रहेको अथिति गृह भवन निर्माण कार्य पूरा
गरी कम्तिमा मासिक रूपमा यहीँबाट शल्यक्रिया सहितको उपचार सेवा सुरु गर्ने,
पाँचथरका दुई आँखा उपचार केन्द्र र ताप्लेजुङका दुई आँखा उपचार केन्द्रलाई लक्षित गरी कम्तिमा एक–
एकजना आई फिल्ड वर्करमार्फत आँखा रोगीहरुको खोज पड्ताल चलाउन पहलदकमी लिने,
आँखा स्वास्थ्य क्षेत्रमा जागरण अभियानका लागि ग्रामीण तहसम्म सचेतना कार्यक्रम लैजाने,
बालबालिकाको आँखा जोगावटका लागि समय–समयमा स्कुल स्क्रिनिङ कार्यक्रम चलाउने,
आँखा स्वास्थ्य क्षेत्र कम भएका ताप्लेजुङका स्थानीय तह तथा पाँचथरका उपचार केन्द्रको कार्यक्षेत्र भित्र
आँखा स्वास्थ्य कार्यक्रम अघि बढाउन तीव्रता दिने,
आँखा स्वास्थ्य क्षेत्रको प्रबद्र्धनका लागि स्थानीय तहसँग, विगत देखिकै साझेदार निकाय र अन्य दातृ
निकायसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी र गतिशील बनाउने,
आँखाका अलवा कान सम्बन्धी उपचार सेवालाई विस्तार गर्न पहल गर्ने ।
अन्त्यमा, कुनैपनि नागरिक दृष्टिविहीन अवस्थाबाट गुज्रन नपरोस् भन्ने मान्यता आत्मसाथ गर्दै आँखा स्वास्थ्य सेवालाई सुलभ, प्रभावकारी, गुणस्तरीय, विश्वसनीय र सर्वसाधारणको पहुँचसम्म पुग्नेगरी प्रवाह गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको छ । यसका लागि नेपाल नेत्रज्योति संघका नेतृत्वकर्ता, समितिका पदाधिकारी तथा सदस्य, आजीवन सदस्यहरु, कर्मचारी, सेवा फाउन्डेसन काठमाडौँ सहितका साझेदार निकाय, सरकारी तथा गैर सरकारी संघसंस्थाहरु र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दछु । नेत्रज्योति परिवारको क्रियाशीलता, उपचार केन्द्रका प्राविधिक जनशक्तिको मेहनेत र लगाव तथा साझेदार निकायहरुसँग असल र घनिष्ट सम्बन्धका बिचमा सामञ्जस्यता
कायम हुनु पर्छ । यो नतिजाका लागि हामी सबैले मेहनेत लगाउनु अनिवार्य छ । उच्च तहको सक्रियता, कार्य सम्पादनमा असल, निष्ठावान तथा इमान्दारिता र दातृ निकाय तथा व्यक्तिसँगको विश्वसनीय सम्वाद र असल सहकार्यले हामीलाई सफल संस्थाको रूपमा विकास गर्ने छ भन्ने विश्वास लागेको छ । अहिलेसम्म कायम रहेको क्रियाशीलातालाई थप गतिशील बनाउन हामी सबैले प्रण गर्ने हो र त्यही अनुसार परिचालित हुने हो भने हामीले सफल नतिजा पाउँछौं । सेवा आरम्भ भएको २५ वर्ष अवधि पूरा भएको यो सुखद् अवसरमा सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । सेवा आरम्भ भएको २५ वर्ष पुगेको यो सुखद् अवसरमा नेत्रज्योति संघसँग सहकार्य गर्ने
सबैप्रति गौरव समेत बाँड्न चाहन्छु । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ आगामी दिनमा समेत साझेदार निकायसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध र कटिबद्ध रहने छ । सेवा आरम्भ गरेको २५ वर्ष पूरा भएको अवसरमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले स्मारिक प्रकाशन गर्ने ध्येय राखेको छ । यो स्मारिक आँखा स्वास्थ्य क्षेत्रमा नेपाल नेत्रज्योति संघ र मातहतको डिचेन डोङ्गलाको विगत, वर्तमान र भविष्य बताउने महत्वपूर्ण दस्ताबेज बन्ने छ भन्ने अपेक्षा छ । यसका लागि सक्रिय हुने प्रकाशन समितिका संयोजक सहित टिमका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
‘कार्यस्थलमा आँखालाई माया गरौं’
जय नेत्रज्योति !
(सभापति, नेपाल नेत्रज्योति संघ, ताप्लेजुङ)