आँखा स्वास्थ्य क्षेत्रमा पच्चिस वर्ष अघि र अहिलेको अवस्था नियाल्दा

<?php the_title(); ?>

विषयवस्तुको उठान

ताप्लेजुङमा नेपाल नेत्रज्योति संघ कसरी जन्मियो ? अनि नेत्रज्योति संघ मातहत कसरी डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको स्थापना भयो ? यो विषयमा अरु सन्दर्भ सामग्रीमार्फत जानकारी आएको मैले महसुस गरेँ । डिचेनका दाजु हाम्रा अभिभावक डाक्टर तेञ्जिङले लेख्नु भएको आलेखको सङ्क्षिप्त पाण्डुलिपि हेर्दा त्यहाँ डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र के हो भन्ने बारेमा लेखिएको पाएँ । हो, डाक्टर तेञ्जिङले लेख्नु भएको जे हो, त्यही नै हो नेत्रज्योति संघको स्थापना र डिचेन डोङ्गला आँखा उपचार केन्द्रको स्थापना । अनि म त्यही व्यक्ति हुँ, जसले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको स्थापनादेखि अहिलेसम्म आँखा उपचार सेवाको नेतृत्व गरिरहेको छु । मैले प्राप्त गरेको योग्यता र क्षमतालाई अवसरका दृष्टिले हेर्ने थिएँ भने म सुगम जिल्लामा गएर ठुलै लाभ आर्जनमा केन्द्रित हुनपनि सक्थेँ । प्रायःमानिसहरु अवसरको खोजीमा हाम्रोजस्तो दुर्गमस्थल छाडेर सुगम स्थान खोज्दै हिँड्ने पनि गरेका छन् । कोही विदेशतर्फ लाग्ने पनि गर्छन् । त्यो मानिसहरुका आ–आफ्ना बाध्यता होलान् र हुन्छन् । तर मेरो मन त्यस दिशातर्फ बहकिएन । मैले आफ्नै जन्मस्थलमा आफूले प्राप्त गरेको क्षमताको उपयोग गर्ने निर्णय गरेँ । त्यो निर्णय सही थियो वा गलत । अर्थ आफ्ना–आफ्ना होलान् तर मलाई सही लाग्यो र म आफ्नै स्थलमा स्थापित आँखा उपचार केन्द्रमा विगत २५ वर्ष देखि सेवारत छु । नेत्रज्योति संघ ताप्लेजुङको अभिभावकीय मार्गदर्शन, मेरा सहकर्मीहरुको असल कर्म र मैले अहिलेसम्म प्राप्त गरेको ज्ञान र सिपको उचित उपयोगले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र स्थापनादेखि यो अवधिसम्म उत्साहित ढङ्गले सञ्चालनमा छ । यसलाई थप व्यवस्थित बनाउँदै प्रभावकारी सेवा वितरणका क्रममा विभिन्न दाताहरुले होस्टेमा हैँसे गर्नु भएको छ । उहाँहरुको सहयोग र नेत्रज्योति संघको समष्टिगत समन्वय प्रभावकारी आँखा सेवाका लागि उत्प्रेरणाका साधक बनेका छन् ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रः
ताप्लेजुङमा नेत्रज्योति संघसँगै डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको नाम पनि जोडिएको छ । धेरैलाई चासो हुनसक्छ डिचेन डोङ्गलाको नाम कसरी जोडियो ? ताप्लेजुङमा नेपाल नेत्रज्योति संघ र डिचेन डोङगलाको स्थापनास“गै सुरु भएको हो । डिचेन डोङ्गला ताप्लेजुङकै फक्ताङलुङ गाँउपालिका–७ ओलाङचुङ्गगोलामा जन्मिएकी चेलीको नाम हो । बुबा ग्युर्मे तेन्जिङ्ग र आमा डोएङला तेन्जिङ्गको कोखबाट सन् १९६४ मा जन्मनु भएकी उहाँको १९९१ मा२७ वर्षको अल्पायुमै मृत्यु भयो । अष्टे«लियाको वोलोङगोङ्ग युनिभर्सिटिमा पोषण सम्वन्धी अध्ययनरत रहँदा अष्टे«लियामै दिवङ्गत हुनुभएकी उहाँको नाममा उहाँका परिवारजनको सक्रियतामा साथीहरुले आर्थिक सङ्कलन गरे र उहाँको परिवारलाई पठाइदिए । उहाँको परिवारले त्यो आफूले राख्न चाहेनन् । उहाँका चार दाजुभाइ मध्ये तीनजना दाजुहरु स्वयम् आँखाका डाक्टर हुनुहुन्छ । माइला चुङदाक तेन्जिङ्ग, साइँला जम्बा तेन्जिङ्ग र कान्छा दाजु साम्तेन तेन्जिङ्ग आँखाकै डाक्टर भएकोले डिचेनको परिवारले अन्धोपन निवारणका लागि आफ्नै जिल्लामा सहयोग गर्ने चाहना राख्नुभयो । जेठो टाँसी लामा इन्जिनियर हुनुहुन्थ्यो । उहाँको पनि यसैमा समर्थन थियो । सोही रकमबाट फुङलिङमा उपचार केन्द्र सञ्चालन सुरु भएको हो । उहाँको सम्झनामा नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित उपचार केन्द्रको नाम डिचेन डोङ्गला राख्ने नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयले अनुमति दिएपछि संयुक्त नाम राखिएको हो । डिचेनकै सम्झनामा अहिले पनि कोष खडा छ र त्यही कोषबाट आँखा स्वास्थ्यका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम तथा गतिविधि हुने गरेका छन् ।

संघको जन्म र सेवाको सत्कर्मः
ताप्लेजुङमा नेत्रज्योति संघ जन्मियो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र पनि स्थापना भयो । जन्मिएको संस्था वा निकाय हुर्कन उसका लागि  असल वातावरणको जरुरी हुन्छ । मानौं न, एउटा बच्चाको जन्म भएपछि आमाको पहिलो स्पर्श कति महŒवपूर्ण हुन्छ,त्यति नै महŒवको काम सेवा फाउण्डेसनले गरेको छ । एक हिसाबले नेपाल नेत्रज्योति संघको संस्थागत विकासका लागि सेवा फाउण्डेसनले जगकै रूपमा काम गरेको छ ।  सेवा फाउण्डेन नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको मुख्य सहयोगी निकाय हो । हामीसँगको निरन्तरको सहकार्य सेवा फाउण्डेसनको सत्कर्मको रूपमा बुझ्न सकिन्छ ।

सुरुआतमा नेत्रज्योति संघ, ताप्लेजुङः
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा ताप्लेजुङ २०४९ सालमा सूर्यमान गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएपछि प्रारम्भ भएको मानिएको छ । नेत्रज्योति संघ विधान अनुसार २०५५ सालमा पहिलो अधिवेशन सम्पन्न भयो । अधिवेशन सम्पन्न गराउन केन्द्रीय प्रतिनिधिहरु ताप्लेजुङ आउनु भएको थियो । अधिवेशनले विजयकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन ग¥यो । समितिको उपाध्यक्षमा रणवहादुर कार्की, सचिवमा सुन्दरमोहन शाक्य, सह–सचिवमा गणेशकुमार श्रेष्ठ, कोषाध्यक्ष मनमणि काफ्ले तथा सह–कोषाध्यक्षमा मुक्तिराज पौडेललाई चयन ग¥यो । सदस्यहरुमा लयप्रसाद निरौला, अम्वरकुमार श्रेष्ठ, नरवहादुर कार्की, किशोर अधिकारी, टंक कटुवाल, नाम्गे शेर्पा, विदुर भट्टराई, दुर्गादत्त गुरुङ र गीता राई रहनुभएको थियो । सल्लाहकार समितिमा बिचारमान श्रेष्ठ, दिलवहादुर नेवार, विजयकुमार पतङ्वा, खड्गबहादुर मोक्तान, लीलादेवी वोखिम, टेकवहादुर खतिवडा र पूर्ण कार्की रहनुभएको थियो ।

संस्थागत विकासः
अधिवेशन पश्चात् सदरमुकाम फुङलिङको अस्पताल लाइनमा रहेको टेकबहादुर खतिवडाको घरमा कार्यालय स्थापना गर्ने सहमति भयो । सेवा फाउण्डेसनको सहयोगमा नेपाल नेत्रज्योति संघले डिचेन डोङ्गला स्मारक उपचार केन्द्र खोली आँखा जाँचको सुरुवात त्यहीँबाट भएको थियो । यसको समन्वयका लागि सेवा फाउण्डेसनका कार्यक्रम निर्देशक रामप्रसाद कँडेल स्वयम् आउनु भएको थियो । क्लिनिक सञ्चालनमा डाक्टर चुङ्दाक तेञ्जिङको विशेष चासो थियो भने जिल्लाको समन्वय म आफैँले गरेको थिएँ । नीति निर्माण र उपचार केन्द्रको समग्र नियमनमा नेत्रज्योति संघ जिल्ला शाखा ताप्लेजुङको पहलकदमी थियो । केन्द्रीय समिति र कार्यालयले संस्थागत विकासमा अहम् भूमिका खेल्दै आएका छन् ।

यसरी सुरु भएको थियो उपचार केन्द्रः
सुरुवात दुईवटा कोठा भाडामा लिएर भएको थियो । त्यतिवेला आँखा परीक्षण गराउनु पर्छ भन्ने भावना अत्यन्तै कममा थियो । दैनिक पाँच–सात जना मात्रै उपचारका लागि आउँथे । मोतियाविन्दु भएकालाई शल्यक्रिया गर्नुपर्छ भन्दा मान्दैन थिए । धामीझाँक्रीमा धेरै विश्वास गरिन्थ्यो । सेवा पनि दिने र कार्यालय सञ्चालन पनि गर्ने उद्देश्यले सेवा प्रवाहका क्रममा नयाँ नाम दर्ताका लागि १० र पुरानोका लागि ५ रूपैयाँ शुल्क लिने निर्णय नेत्रज्योति संघले ग¥यो । फुलो परेको, रातोे भएको, छेस्कनाले घोचेको आँखा छाम्दै आउने तर जचाउँन नचाहनेलाई अनुरोध गरेर सित्तैमा भएपनि जाँच गरिदिन्थ्यौँ । सेवा प्रवाहलाई व्यवस्थित गर्ने उद्देश्यले २०५८ सालमा अहिले रहेको भवनमा कार्यालय सारियो ।

भवनको पछिल्लो अवस्थाः
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र रहेको भवनको जग्गा जिल्ला अस्पताल ताप्लेजुङको स्वामित्वमा रहेको छ । भवनको दोश्रो तलासम्म सेवा फाउन्डेसन नेपालले निर्माण गरिदिएको हो । तेश्रो तला भने क्लिनिकमा सङ्कलित रकम र स्थानीय दाताको सहयोगवाट थपिएको थियो भने हाल यो थप तला अलि होचो र अप्रयाप्त कोठाहरु भएको कारणले सो भवनलाई प्रवलीकरण गरिएको छ । यो प्रवलीकरण नेपाल मेडिकल सपोर्ट जर्मनीको सहयोगमा ताप्लेजङ विकास मञ्चले गरिदिएको छ । सेवा फाउन्डेसनले कार्यालय सुभारम्भ देखिनै सहयोग गर्दै आएको छ  ।

आँखा उपचार केन्द्रको विस्तार र आगामी योजनाः
अहिले नेपाल नेत्रज्योति संघको नेतृत्वमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्र, मेरिङदेन गाउपालिका र आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक साझेदारीमा दोभान बजारमा दोभान आँखा उपचार केन्द्र, (२०७८ श्रावण ०२) पाँचथरको याङ्वरक गाउँपालिको सहयोगमा पालिका केन्द्र थर्पुमा याङवरक आँखा उपचार केन्द्र (२०७९ पौष १७) र कुम्यायक गाउँपालिकाको आर्थिक साझेदारीमा पालिकाको केन्द्र यासोक बजारमा कुम्यायक आँखा उपचार केन्द्र (२०८० मङ्सिर ०२) सञ्चालनमा छन् । यासोक र थर्पुमा रहेका आँखा उपचार केन्द्रको नियमन अहिले आर्थिक साझेदार पालिका आफैँले गर्दै आएका छन् भने अभिभावकीय नेतृत्व नेपाल नेत्रज्योति संघ ताप्लेजुङले गर्ने छ । दोभान बजारमा भने आर्थिक साझेदारी गर्ने दुवै पालिकाको संयोजन तथा अभिभावकीय भूमिकामा नेपाल नेत्रज्योति संघमार्फत नै नियमनको काम भइरहेको छ । शल्यक्रिया बाहेकका सेवा यी चारवटै केन्द्रबाट प्रवाह भइरहेका छन् । प्रत्येक ६–६ महिनामा मोतियाविन्दु लगायतका अन्य सेवाको लागि अप्रेसन सहितको शिविर सञ्चालन हुने गरेको छ भने आउने दिनमा नेपाल नेत्रज्योति संघको नीति र निर्णय अनुसार डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङलाई अझ स्तरीय सेवा दिनको लागि सेकेण्डरी आँखा अस्पतालमा स्तरोन्नति गर्ने योजना रहेको छ ।


Leave a Reply